Tuesday, August 31, 2010
गौरा पर्वको रमझम
“आजका दिन इजु यति क्या उज्यालो भया कि त–
गौरा लोला माइत आइन उज्यालो भयो रनझनिया“
देउडा गीतहरूले सुदूरपश्चिम अहिले देउडामय भएको छ । सुदूरपश्चिमेलीहरूका लागि त दसैं आउनु भन्दा अगाडि नै दसै आएभै भएको छ । सुदूरपश्चिममा प्रमुख पर्व मानिने गौरा पर्व उनीहरूका लागि दसैं समान नै महत्वपूर्ण हो । १०–१५ दिन सम्म मनाइने यो पर्व सुदूरपश्चिमको मौलिक संस्कृति हो ।
गोलाकार रूपमा हातमा हात मिलाई गीतको लय र तालमा गोडा चाल्दै गाइने दोहरी गीत नै “देउडा” हो । डेढी कदम मिलाएर खेलिने भएकाले यसलाई देउडा भनिएको हो । देउडा बिछोडको आसु, मिलनको हासो मात्र नभएर सुदूरपश्चिमका नर–नारीका लागि सांगीतिक जीवन पद्धति समेत हो । देउडाका माध्यमबाट जीवनका भोगाइ व्यक्त गर्न र मनोरञ्जन लिन सकिने भएकाले सुदूरपश्चिमेलीहरू गौरा पर्व मनाउ“छन् । दिउसो तथा राति अबेरसम्म विभिन्न सार्वजनिक मैदानमा तथा ‘गोरे खलो’ (गौरामाईको पूजा गरिने स्थान) मा गौराको रमाइलोमा गीत, चैत, तुलसा, दुस्काका गीत तथा देउडा खेलेर रमाइलो गरिरहेका महिला पुरूषको भीड लागेको पाइन्छ । सुदूरपश्चिमेलीहरूका लागि यस पर्वको आप्mनै महत्व छ जसमा उनीहरू नया“ लुगा लगाउने, मीठो खानेकुराहरू खाने र थकाइ, पीडा बिर्सेर रमाइलो गर्ने गर्छन् ।
गौरा विशेषगरी महिलाहरूको चाड हो । पौराणिककालमा हिमालयपुत्री पार्वतीले भगवान् शिवलाई पति पाउ भनी गरेको व्रतलाई नै पछि “गौरा” पर्वको रूपमा मनाउन थालिएको जनश्रुति छ । पार्वती (गौरी) को वर्ण गोरो भएकाले नै उनलाई गौरा भनेर सम्बोधन गरिएको हो । विवाहित महिलाहरूले आप्नो श्रीमानको दीर्घायु तथा सुस्वास्थ्यका लागि गरिने अनुष्ठान नै गौरा पर्वको धार्मिक पक्ष हो । भाद्र शुक्ल पक्ष÷कृष्ण पक्ष पंचमी देखि मनाइने गौराको महत्वपूर्ण दिनको रूपमा अष्टमीलाई लिइन्छ ।
व्रत बसेका महिलाहरूले खेतमा गइ गौराको प्रतीक बनाएर भित्र्याउने गर्छन । पँच किसिमको बोट धान, तील, सौउ, कुश र गुवाउराको फुल मिलाएर गौराको प्रतीक बनाइन्छ । गौराको प्रतीक बनाएर भित्र्याएकै दिनदेखि गौरापर्व सुरूहुन्छ । गौरा भित्र्याएको तेस्रो दिन काठको महेश्वर बनाई गौराको विवाह गर्ने गरिन्छ ।
महेश्वर र गौराको विवाह गरी पूजा–पाठ गरिन्छ । भिजाएर राखेका ‘बिरूडा’ (पाँच प्रकारका अन्नको मिश्रण–मास केराउ, गहत, गहु, गुरास) र ‘दुबधागो’ (महिलाहरूले घाटीमा लगाउने पवित्र धागो) गौराको प्रसादका रूपमा वितरण गरिन्छ । यो पर्व बाहुन, क्षेत्री र ठकुरीका साथै अन्य जातिका मानिसहरूले पनि मनाउछन् । १०–१२ दिनपछि गौराको प्रतीकलाई महिलाहरूले टाउकोमाथि राखि नचाउ“दै सुरक्षित सेलाएपछि गौरा पर्व सिद्धिएको मानिन्छ ।
गौरा पर्वको दिनमा सुदूरपश्चिममा एक दिनका विदा दिने व्यवस्था गरिएको छ । सो पर्व सुदूरपश्चिमसम्म मात्र नभइ यसको प्रभाव काठमाडौंको मुटु मानिने ट“ँडिखेलमा पनि देख्न सकिन्छ । सुदूर तथा मध्य पश्चिमका हजारौं मानिस एकै ठाउ“मा जम्मा भएर एक–आपसमा सुख दुःख बाड्दै गौरा पर्व मनाउछन् । व्यस्त दिनचर्याका कारण काठमाडौंमा रहेर पनि एक–आपसमा भेट हुन नपाएकाहरूलाई गौरा पर्वले भेटघाट गर्ने अवसरका अलावा कुममा कुम जोडी डेढी कदम चाली धीत मर्ने गरी देउडा खेल्ने अवसर पनि प्रदान गर्दछ । टुडीखेल जस्तै भव्य रूपमा नभएपनि स–साना समूहमा गौरा पर्व कोटेश्वरको महादेवस्थान मन्दिर तथा डिल्लीबजार स्थित कालिकास्थान मन्दिरमा पनि मनाइन्छ ।
डोटी दिपायलका तर हाल काठमाडौं, मेरो एफएमका कार्यक्रमका प्रस्तोता करन बानिया“ ‘गौरालाई सुदूरपश्चिमको संस्कृति’ मान्नु हुन्छ ‘समाज परिवर्तन स“गै मानिसमा परिवर्तन भएपनि संस्कृतिमा परिवर्तन ल्याउ“न हु“दैन भन्ने विचार उहा“को रहेको छ । उहा“ भन्नु हुन्छ ‘जीवनमा पैसालगायत सबै कुरा कमाउ“न सकिन्छ तर संस्कृति कमाउन सकिन्न त्यसैले हामीले हाम्रो संस्कृतिको जर्गेना गर्नुपर्छ ।’
‘प्रशंसा संरक्षण समूह’ले विगत १२ वर्षदेखि टु“डिखेलमा गौरा पर्वको आयोजना गर्दै आएको छ । २०५३ साल भन्दा अगाडि टु“डिखेलमा यस्ता कार्यक्रम हुदैन्थे तर यस संस्थाको प्रयासमा गौरा पर्व मनाउने सुरूवात भएपछि अन्य जातजातिकाहरूले पनि कार्यक्रमको आयोजना गरेको अनुभव प्रशंसा संरक्षण समूहका कार्यकारी निर्देशक अम्बादत्त भट्टको रहेको छ । यसलाई सकारात्मक रूपमा लिदै, गौरा पर्वको बारेमा उहा“ भन्नु हुन्छ ‘यस पर्वको निहुले सुदूर र मध्य पश्चिमका सबै एउटै ठाउ“मा भेला हुन्छन् । एकअर्कालाई भेट्ने यो एउटा राम्रो अवसर हो ।’
यसै गरी ‘बैतडी समाज’, ‘देउडा समाज’ र ‘सुदूरपश्चिमाञ्चल विद्यार्थी समाज’लगायतका संघ–संस्था यस पर्वको विकासमा लागि परेका छन् । केही वर्षदेखि यी संघ–संस्थाले काठमाडौंमा गौरा पर्व र देउडा खेलको आयोजना गर्दै आएका छन् ।
संगीता श्रेष्ठ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment