Wednesday, August 18, 2010
अन्धविश्वासले निम्त्याएको विपत्ति र सहाराको खोजी
राजधानीनै भएपनि कोप्चो गाऊँ । का“डाघारीको खोला छेउँमा रहेको ईट्टा र माटोले बनेको एउटा सानो घर । हो त्यही घरको दैलोबाट भित्र पस्दा रसाएका दुईटा आ“खाले मलाई टुलुटुलु हेरिरहेका थिए । भित्र पुग्ने बित्तिकै धैर्यकोे बा“ध टुट्यो । आ“सुका भेल बगे । मुखबाट पीडा र वेदनाका शब्द निस्कन थाले । लामो समयदेखि सहाराको खोजीमा रहेका ती आ“खाले मलाई देख्ने बित्तिकै सहारा मानी पीडा पोख्न थाले ।
कहिलेकाहि“, मानिसले जति बोल्छ दृष्यले धेरै कुरा बताइसकेको हुन्छ । माटोको भुइमा एउटा प्लास्टिक । त्यसमाथि पुरानो लत्ताले बनेको गुन्द्री । त्यसैमा दिसापिसाब गरी बेहाल अवस्थाले ५० वर्षीया कुमारी सुनुवारको पीडा छर्लङ्ग भइरहेको थियो । बा“सको छानामा बा“धेको कपडाको डोरीको सहारामा उठ्ने बस्ने उनको अवस्थाले जो कोही पीडाको अनुभूति लिन सक्थ्यो ।
दयनीय अवस्थामा रहेकी कुमारी पहिले कहाँ यस्ती थिइन् र । दुई वर्ष अगाडि उनी हिड्ने, चल्ने गर्थिन् । काम पनि गर्थिन् र पैसा पनि कमाउ“थिन् । श्रीमान् र आपूm कुल्ली काम गरी जसरी भएपनि परिवारको जीवनयापन गरेकै थिइन् । तर नियतिलाई केही अरुनै स्वीकार थियो । जो दुखी हुन्छ उसलाई नै बढी विपद आइलाग्छ रे भनेझै उनी माथि दुःखको पहाडै टुट्यो ।
गाडीबाट ओर्लिदा अकस्मात चिप्लेर लडेपछि कुमारीको जीवन सानो घरको कोठामा एउटै ठाउ“मा खुम्चियो । लडेदेखि उनको बायाँ भागले काम गर्नै छाड्यो । हिंड्न त परै जाओस् उठ्न र बस्न पनि उनलाई अप्ठ्यारो छ । लड्ने बित्तिकै उपचारका लागि वीर हस्पिटल पुगे पनि उनले त्यहा“ चिकित्सकबाट स्वास्थ्य लाभ हुने आश्वासन बाहेक अरु केहीे पाउन सकिनन् ।
हुनत उनको भाग्यले सुरुदेखि नै ठगेको हो । त्यसैले त घर नै खुला धर्ती र छानो नै आकाश बनेको थियो । खाने गास र बस्ने बास नपाएर भौंतारिएकी कुमारीको विपन्न अवस्थालाई देखेर तीन वर्ष अगाडि काँडाघारी गाविसले उनलाई बस्ने ठाउ“ उपलब्ध गरायो । तर भोलि गाविसले ठाउ“ खाली गर्न भन्यो भने उनीसंग टाउको लुकाउन उही खुला आकाशमात्रै रहने छ ।
कुमारीको यो हालत हुनुमा प्रमुख दोष हाम्रो समाजको हो । अन्धविश्वासमा बा“चिरहेका मानिसहरु अहिले पनि प्रशस्तै छन् । अरुहरुले भनेको कुराको पछि लागेर उपचारको सट्टा झारपूmक गर्नेतिर लाग्नु नै कुमारीको कमजोरी रह्यो । त्यही अन्धविश्वासका लाग्दा आपूmसंग भएको अलि–अलि सम्पत्ति पनि कुमारीले गुमाइन् । आपूm पढेको लेखेको नभएर दुःख पाएको कुमारीको ठम्याइ छ । भन्छिन् ‘हामीलाई कसले पढाउने...हामी पढ्ने बेलामा आमा बुवालाई छोराछोरी पाल्न धौंधौं थियो ।’
काममा जानु पर्ने, छोराको पढाई र घर व्यवहार हेर्नुपर्ने त्यसमा पनि श्रीमतीको यस्तो अवस्था भएपनि कुमारीका श्रीमान् चन्द्रले जे जसरी भएपनि उनको हेरविचार गर्दै आएका छन् । तर सडकमा कुल्ली काम गरेर कति पैसा उनले कमाउ“छन् होला र ? त्यस पैसाले छाक टार्न त धौं–धौं छ कुमारीको औषधि कसरी गरु“ भन्ने दुखेसो चन्द्रको रहेको छ । अरुले केही सहयोग गरी दि“दा आपूmलाई थोरै भएपनि राहत हुन्थ्यो कि भन्ने सोच उनको छ ।
निःशुल्क स्कुलमा पढिरहेको छोरोको मुख पनि हेर्न पाउ“छु कि पाउ“दिन भन्ने डरमा बा“चिरहेकी कुमारीको दुःख देखेर छिमेकीले सहयोग गर्ने गरेका छन् । तर आप्mनै अवस्था कमजोर भएका छिमेकीहरुबाट कति सहयोगको आशा कुमारीले गर्नसक्छिन् र ? त्यही पनि सक्दो मद्धत गर्ने गरेका छिमेकी पाएर उनले आपूmलाई भाग्यमानी ठानेकी छिन् ।
कुमारीको आधा शरीरका रुपमा रहेकी छिन् ७२ वर्षीया कान्छी तामाङ । उनी थला परेदेखि कान्छीले सहयोग गर्दै आएकी छिन् । आप्mनै दयनीय अवस्था भएपनि कान्छीले अरुबाट पैसा जुटाई उनलाई चियापानी खुवाउने काम गर्छिन् । दिनमा उनीसंग बस्ने, कुरा गर्ने गरेर कुमारीको पीडालाई केही कम गर्ने प्रयास उनले गरेकी छिन् ।
कुमारीसंग धन नभए पनि उनी मनकी धनी रहेको कुरा छिमेकी मीरा नेपाली बताउ“छिन् । रामेछाप घर भएकी मीरा त्यहा“ आउ“दा कुमारीले नै उनलाई धनको नभएपनि मनको सहयोग गरेका कारण आज कुमारीलाई दुख पर्दा धेरै नसके पनि केही सहयोग गर्न अगाडि सरेकी हुन् ।
यस्तै आठ महिनादेखि सहयोग गर्दै आएका अर्का सहयोगी हुन जयराम थापा । उनले गाविसबाट पैसा मागेर कुमारीलाई सहयोग गर्दै आएका छन् । ‘उनी उठेर हिड्न थालिन् भने सर्वस्व जितेको महसुस हुन्छ’ भन्ने सोचाई जयरामको रहेको छ । उनले नै ल्याइदिएको पैसाबाट कुमारीको घरको गुजारा चलिरहेको छ । तपाई किन सहयोग गरिराख्नु भएको भन्ने जिज्ञासामा जयराम ‘मानवताको नाताले सहयोग गरेको’ भन्छन् ।
दिउसो एक्लै बस्नुपर्ने वाध्यता, एक्लोपनको पीडा, कसैले दियो भने खान पाउने नत्र भोकै बस्नुपर्ने र शारीरिक पीडा सहदै आएकी छिन् कुमारी । पीडा र वेदनाबाट घेरिएकी उनी भन्छिन् ‘सुत्यासुत्या रहनाले यस्तो लाग्छ यो घरले मलाई थिच्न आउ“छ । म मरेको कुकुर जस्तै गुटमुटिएर सुत्छु डरले ।’ मुटु नै छिया छिया गर्ने उनका यी शब्दले उनको दर्दनाक स्थितिलाई देर्शाउ“छ । भनिन्छ ‘सास रहुन्जेलसम्म आश रहन्छ’ त्यसैले होला विमार भएको दुई वर्ष बितिसक्दा पनि औषधि उपचार नपाएकी कुमारीले आपूmलाई कसैले सहयोग गरिदिन्छ कि भन्ने आश छोडेकी छैनन् । त्यसै आशको भरमा उनी बाँ“िचरहेकी छिन् । जो भगवान खोज्न मन्दिर जान्छन् र केही पैसा गुमाएर फर्किन्छन् । साँच्चै कुनै त्यस्ता हातहरु छन् भने कुमारीको जीवनले सार्थकता पाउनेथियो । यतिबेला महाकविको याद आइरहेछ– कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो ........................
Subscribe to:
Post Comments (Atom)
kati mitho lekhai. keep it up, u always deserve.
ReplyDelete