Wednesday, September 8, 2010
अधिकारसँगै कर्तव्य र जिम्मेवारी पनि आउँछ –सदीक्षा श्रेष्ठ, मिस नेपाल २०१०
‘कुनै कुरा प्राप्त गर्न पहिला सपना देख्नुपर्छ अनि मात्र यथार्थमा पाइन्छ भन्ने मान्यता राख्ने’ मिस नेपाल २०१० सदीक्षा श्रेष्ठको व्यस्तता दिनहुँ बढ्दै गएको छ । मिस नेपालको ताज पहिरने अधिकार प्राप्त गरेकी उनी भन्छिन् ‘जहाँ अधिकार हुन्छ त्यहाँ कर्तव्य र जिम्मेवारी पनि हुन्छ । यी दुवै अधिकारसँगै आउने कुरा हुन् मसँग पनि त्यस्तै भएको छ मिस नेपालको ताज पाएपछि देश र समाजप्रति मेरो उत्तरादायित्व र जिम्मेवारीको क्षेत्र फराकिलो भएको छ ।’
सानैदेखि टेलिभिजनमा ब्युटी सो हेर्दै आएकी उनले एक न एक दिन आफू पनि यस्तो सोमा भाग लिने सपना साँचेकी थिइन् । तर सदीक्षाले भाग लिएर मात्र होइन मिस नेपालको उपाधि हासिल गरेर सपना साकार पारेकी छिन्। स्कूले जीवनदेखि नै सदैव नम्बर एकमा रहने सदीक्षा मिस नेपाल प्रतियोगितामा कन्टस्टेन्ट नम्बर १ थिइन्। मिस नेपालको ताज हासिल गरी यसपाली पनि उनले आफ्नो नम्बर १ लाई सार्थक तुल्याइन् ।
११ वर्षको उमेरदेखि विज्ञापन जगतमा देखा परेकी उनले १० भन्दा बढी विज्ञापनहरु गरिसकेकी छिन् । सानै उमेरदेखि काम गर्न थाले पनि उनले आफ्नो पढाइसँग कुनै किसिमको सम्झौता गरिनन् । खाली समयमा मात्र विज्ञापनहरू खेल्ने कुरा उनले बताइन् ।
अबको १७ महिनासम्म उनी मिस नेपाल र पर्यटन वर्षमा नै व्यस्त हुनेछिन् भने चीनको संघाइमा अक्टोबरमा हुने मिस वल्र्ड प्रतिस्पर्धामा पनि भाग लिने छिन्। म्युजिक भिडियो वा चलचित्र क्षेत्रमा जाने सोच बनाउनुभएको छ कि ? भन्ने प्रश्नमा उनी भन्छिन् ‘अहिले त सोच नै छैन । त्यही पनि मलाई अभिनय गर्न आउँदैन पछि अभिनय सिकेर मात्र यस क्षेत्रमा जान्छु होला ।’
जासुसी पुस्तक मन पराउने उनलाई ऐतिहासिक विषय समेटिएको चलचित्र बढी मन पर्छ। घरपरिवार तथा मिल्ने साथीहरू छन् भने जुकसुकै स्थानमा पनि जान रमाइलो लाग्ने उनी बताउँछिन् ।
अन्य १७ जना प्रतियोगीलाई पछि पार्दै मिस नेपालको उपाधि हात पार्न सफल सदीक्षालाई आँखाको मेकअप असाध्यै मन पर्छ। ग्याजेटमा उनलाई आफ्नो सेल फोन एकदमै मन पर्छ ।
-संगीता श्रेष्ठ
Tuesday, August 31, 2010
गौरा पर्वको रमझम
“आजका दिन इजु यति क्या उज्यालो भया कि त–
गौरा लोला माइत आइन उज्यालो भयो रनझनिया“
देउडा गीतहरूले सुदूरपश्चिम अहिले देउडामय भएको छ । सुदूरपश्चिमेलीहरूका लागि त दसैं आउनु भन्दा अगाडि नै दसै आएभै भएको छ । सुदूरपश्चिममा प्रमुख पर्व मानिने गौरा पर्व उनीहरूका लागि दसैं समान नै महत्वपूर्ण हो । १०–१५ दिन सम्म मनाइने यो पर्व सुदूरपश्चिमको मौलिक संस्कृति हो ।
गोलाकार रूपमा हातमा हात मिलाई गीतको लय र तालमा गोडा चाल्दै गाइने दोहरी गीत नै “देउडा” हो । डेढी कदम मिलाएर खेलिने भएकाले यसलाई देउडा भनिएको हो । देउडा बिछोडको आसु, मिलनको हासो मात्र नभएर सुदूरपश्चिमका नर–नारीका लागि सांगीतिक जीवन पद्धति समेत हो । देउडाका माध्यमबाट जीवनका भोगाइ व्यक्त गर्न र मनोरञ्जन लिन सकिने भएकाले सुदूरपश्चिमेलीहरू गौरा पर्व मनाउ“छन् । दिउसो तथा राति अबेरसम्म विभिन्न सार्वजनिक मैदानमा तथा ‘गोरे खलो’ (गौरामाईको पूजा गरिने स्थान) मा गौराको रमाइलोमा गीत, चैत, तुलसा, दुस्काका गीत तथा देउडा खेलेर रमाइलो गरिरहेका महिला पुरूषको भीड लागेको पाइन्छ । सुदूरपश्चिमेलीहरूका लागि यस पर्वको आप्mनै महत्व छ जसमा उनीहरू नया“ लुगा लगाउने, मीठो खानेकुराहरू खाने र थकाइ, पीडा बिर्सेर रमाइलो गर्ने गर्छन् ।
गौरा विशेषगरी महिलाहरूको चाड हो । पौराणिककालमा हिमालयपुत्री पार्वतीले भगवान् शिवलाई पति पाउ भनी गरेको व्रतलाई नै पछि “गौरा” पर्वको रूपमा मनाउन थालिएको जनश्रुति छ । पार्वती (गौरी) को वर्ण गोरो भएकाले नै उनलाई गौरा भनेर सम्बोधन गरिएको हो । विवाहित महिलाहरूले आप्नो श्रीमानको दीर्घायु तथा सुस्वास्थ्यका लागि गरिने अनुष्ठान नै गौरा पर्वको धार्मिक पक्ष हो । भाद्र शुक्ल पक्ष÷कृष्ण पक्ष पंचमी देखि मनाइने गौराको महत्वपूर्ण दिनको रूपमा अष्टमीलाई लिइन्छ ।
व्रत बसेका महिलाहरूले खेतमा गइ गौराको प्रतीक बनाएर भित्र्याउने गर्छन । पँच किसिमको बोट धान, तील, सौउ, कुश र गुवाउराको फुल मिलाएर गौराको प्रतीक बनाइन्छ । गौराको प्रतीक बनाएर भित्र्याएकै दिनदेखि गौरापर्व सुरूहुन्छ । गौरा भित्र्याएको तेस्रो दिन काठको महेश्वर बनाई गौराको विवाह गर्ने गरिन्छ ।
महेश्वर र गौराको विवाह गरी पूजा–पाठ गरिन्छ । भिजाएर राखेका ‘बिरूडा’ (पाँच प्रकारका अन्नको मिश्रण–मास केराउ, गहत, गहु, गुरास) र ‘दुबधागो’ (महिलाहरूले घाटीमा लगाउने पवित्र धागो) गौराको प्रसादका रूपमा वितरण गरिन्छ । यो पर्व बाहुन, क्षेत्री र ठकुरीका साथै अन्य जातिका मानिसहरूले पनि मनाउछन् । १०–१२ दिनपछि गौराको प्रतीकलाई महिलाहरूले टाउकोमाथि राखि नचाउ“दै सुरक्षित सेलाएपछि गौरा पर्व सिद्धिएको मानिन्छ ।
गौरा पर्वको दिनमा सुदूरपश्चिममा एक दिनका विदा दिने व्यवस्था गरिएको छ । सो पर्व सुदूरपश्चिमसम्म मात्र नभइ यसको प्रभाव काठमाडौंको मुटु मानिने ट“ँडिखेलमा पनि देख्न सकिन्छ । सुदूर तथा मध्य पश्चिमका हजारौं मानिस एकै ठाउ“मा जम्मा भएर एक–आपसमा सुख दुःख बाड्दै गौरा पर्व मनाउछन् । व्यस्त दिनचर्याका कारण काठमाडौंमा रहेर पनि एक–आपसमा भेट हुन नपाएकाहरूलाई गौरा पर्वले भेटघाट गर्ने अवसरका अलावा कुममा कुम जोडी डेढी कदम चाली धीत मर्ने गरी देउडा खेल्ने अवसर पनि प्रदान गर्दछ । टुडीखेल जस्तै भव्य रूपमा नभएपनि स–साना समूहमा गौरा पर्व कोटेश्वरको महादेवस्थान मन्दिर तथा डिल्लीबजार स्थित कालिकास्थान मन्दिरमा पनि मनाइन्छ ।
डोटी दिपायलका तर हाल काठमाडौं, मेरो एफएमका कार्यक्रमका प्रस्तोता करन बानिया“ ‘गौरालाई सुदूरपश्चिमको संस्कृति’ मान्नु हुन्छ ‘समाज परिवर्तन स“गै मानिसमा परिवर्तन भएपनि संस्कृतिमा परिवर्तन ल्याउ“न हु“दैन भन्ने विचार उहा“को रहेको छ । उहा“ भन्नु हुन्छ ‘जीवनमा पैसालगायत सबै कुरा कमाउ“न सकिन्छ तर संस्कृति कमाउन सकिन्न त्यसैले हामीले हाम्रो संस्कृतिको जर्गेना गर्नुपर्छ ।’
‘प्रशंसा संरक्षण समूह’ले विगत १२ वर्षदेखि टु“डिखेलमा गौरा पर्वको आयोजना गर्दै आएको छ । २०५३ साल भन्दा अगाडि टु“डिखेलमा यस्ता कार्यक्रम हुदैन्थे तर यस संस्थाको प्रयासमा गौरा पर्व मनाउने सुरूवात भएपछि अन्य जातजातिकाहरूले पनि कार्यक्रमको आयोजना गरेको अनुभव प्रशंसा संरक्षण समूहका कार्यकारी निर्देशक अम्बादत्त भट्टको रहेको छ । यसलाई सकारात्मक रूपमा लिदै, गौरा पर्वको बारेमा उहा“ भन्नु हुन्छ ‘यस पर्वको निहुले सुदूर र मध्य पश्चिमका सबै एउटै ठाउ“मा भेला हुन्छन् । एकअर्कालाई भेट्ने यो एउटा राम्रो अवसर हो ।’
यसै गरी ‘बैतडी समाज’, ‘देउडा समाज’ र ‘सुदूरपश्चिमाञ्चल विद्यार्थी समाज’लगायतका संघ–संस्था यस पर्वको विकासमा लागि परेका छन् । केही वर्षदेखि यी संघ–संस्थाले काठमाडौंमा गौरा पर्व र देउडा खेलको आयोजना गर्दै आएका छन् ।
संगीता श्रेष्ठ
Wednesday, August 25, 2010
Wednesday, August 18, 2010
अन्धविश्वासले निम्त्याएको विपत्ति र सहाराको खोजी
राजधानीनै भएपनि कोप्चो गाऊँ । का“डाघारीको खोला छेउँमा रहेको ईट्टा र माटोले बनेको एउटा सानो घर । हो त्यही घरको दैलोबाट भित्र पस्दा रसाएका दुईटा आ“खाले मलाई टुलुटुलु हेरिरहेका थिए । भित्र पुग्ने बित्तिकै धैर्यकोे बा“ध टुट्यो । आ“सुका भेल बगे । मुखबाट पीडा र वेदनाका शब्द निस्कन थाले । लामो समयदेखि सहाराको खोजीमा रहेका ती आ“खाले मलाई देख्ने बित्तिकै सहारा मानी पीडा पोख्न थाले ।
कहिलेकाहि“, मानिसले जति बोल्छ दृष्यले धेरै कुरा बताइसकेको हुन्छ । माटोको भुइमा एउटा प्लास्टिक । त्यसमाथि पुरानो लत्ताले बनेको गुन्द्री । त्यसैमा दिसापिसाब गरी बेहाल अवस्थाले ५० वर्षीया कुमारी सुनुवारको पीडा छर्लङ्ग भइरहेको थियो । बा“सको छानामा बा“धेको कपडाको डोरीको सहारामा उठ्ने बस्ने उनको अवस्थाले जो कोही पीडाको अनुभूति लिन सक्थ्यो ।
दयनीय अवस्थामा रहेकी कुमारी पहिले कहाँ यस्ती थिइन् र । दुई वर्ष अगाडि उनी हिड्ने, चल्ने गर्थिन् । काम पनि गर्थिन् र पैसा पनि कमाउ“थिन् । श्रीमान् र आपूm कुल्ली काम गरी जसरी भएपनि परिवारको जीवनयापन गरेकै थिइन् । तर नियतिलाई केही अरुनै स्वीकार थियो । जो दुखी हुन्छ उसलाई नै बढी विपद आइलाग्छ रे भनेझै उनी माथि दुःखको पहाडै टुट्यो ।
गाडीबाट ओर्लिदा अकस्मात चिप्लेर लडेपछि कुमारीको जीवन सानो घरको कोठामा एउटै ठाउ“मा खुम्चियो । लडेदेखि उनको बायाँ भागले काम गर्नै छाड्यो । हिंड्न त परै जाओस् उठ्न र बस्न पनि उनलाई अप्ठ्यारो छ । लड्ने बित्तिकै उपचारका लागि वीर हस्पिटल पुगे पनि उनले त्यहा“ चिकित्सकबाट स्वास्थ्य लाभ हुने आश्वासन बाहेक अरु केहीे पाउन सकिनन् ।
हुनत उनको भाग्यले सुरुदेखि नै ठगेको हो । त्यसैले त घर नै खुला धर्ती र छानो नै आकाश बनेको थियो । खाने गास र बस्ने बास नपाएर भौंतारिएकी कुमारीको विपन्न अवस्थालाई देखेर तीन वर्ष अगाडि काँडाघारी गाविसले उनलाई बस्ने ठाउ“ उपलब्ध गरायो । तर भोलि गाविसले ठाउ“ खाली गर्न भन्यो भने उनीसंग टाउको लुकाउन उही खुला आकाशमात्रै रहने छ ।
कुमारीको यो हालत हुनुमा प्रमुख दोष हाम्रो समाजको हो । अन्धविश्वासमा बा“चिरहेका मानिसहरु अहिले पनि प्रशस्तै छन् । अरुहरुले भनेको कुराको पछि लागेर उपचारको सट्टा झारपूmक गर्नेतिर लाग्नु नै कुमारीको कमजोरी रह्यो । त्यही अन्धविश्वासका लाग्दा आपूmसंग भएको अलि–अलि सम्पत्ति पनि कुमारीले गुमाइन् । आपूm पढेको लेखेको नभएर दुःख पाएको कुमारीको ठम्याइ छ । भन्छिन् ‘हामीलाई कसले पढाउने...हामी पढ्ने बेलामा आमा बुवालाई छोराछोरी पाल्न धौंधौं थियो ।’
काममा जानु पर्ने, छोराको पढाई र घर व्यवहार हेर्नुपर्ने त्यसमा पनि श्रीमतीको यस्तो अवस्था भएपनि कुमारीका श्रीमान् चन्द्रले जे जसरी भएपनि उनको हेरविचार गर्दै आएका छन् । तर सडकमा कुल्ली काम गरेर कति पैसा उनले कमाउ“छन् होला र ? त्यस पैसाले छाक टार्न त धौं–धौं छ कुमारीको औषधि कसरी गरु“ भन्ने दुखेसो चन्द्रको रहेको छ । अरुले केही सहयोग गरी दि“दा आपूmलाई थोरै भएपनि राहत हुन्थ्यो कि भन्ने सोच उनको छ ।
निःशुल्क स्कुलमा पढिरहेको छोरोको मुख पनि हेर्न पाउ“छु कि पाउ“दिन भन्ने डरमा बा“चिरहेकी कुमारीको दुःख देखेर छिमेकीले सहयोग गर्ने गरेका छन् । तर आप्mनै अवस्था कमजोर भएका छिमेकीहरुबाट कति सहयोगको आशा कुमारीले गर्नसक्छिन् र ? त्यही पनि सक्दो मद्धत गर्ने गरेका छिमेकी पाएर उनले आपूmलाई भाग्यमानी ठानेकी छिन् ।
कुमारीको आधा शरीरका रुपमा रहेकी छिन् ७२ वर्षीया कान्छी तामाङ । उनी थला परेदेखि कान्छीले सहयोग गर्दै आएकी छिन् । आप्mनै दयनीय अवस्था भएपनि कान्छीले अरुबाट पैसा जुटाई उनलाई चियापानी खुवाउने काम गर्छिन् । दिनमा उनीसंग बस्ने, कुरा गर्ने गरेर कुमारीको पीडालाई केही कम गर्ने प्रयास उनले गरेकी छिन् ।
कुमारीसंग धन नभए पनि उनी मनकी धनी रहेको कुरा छिमेकी मीरा नेपाली बताउ“छिन् । रामेछाप घर भएकी मीरा त्यहा“ आउ“दा कुमारीले नै उनलाई धनको नभएपनि मनको सहयोग गरेका कारण आज कुमारीलाई दुख पर्दा धेरै नसके पनि केही सहयोग गर्न अगाडि सरेकी हुन् ।
यस्तै आठ महिनादेखि सहयोग गर्दै आएका अर्का सहयोगी हुन जयराम थापा । उनले गाविसबाट पैसा मागेर कुमारीलाई सहयोग गर्दै आएका छन् । ‘उनी उठेर हिड्न थालिन् भने सर्वस्व जितेको महसुस हुन्छ’ भन्ने सोचाई जयरामको रहेको छ । उनले नै ल्याइदिएको पैसाबाट कुमारीको घरको गुजारा चलिरहेको छ । तपाई किन सहयोग गरिराख्नु भएको भन्ने जिज्ञासामा जयराम ‘मानवताको नाताले सहयोग गरेको’ भन्छन् ।
दिउसो एक्लै बस्नुपर्ने वाध्यता, एक्लोपनको पीडा, कसैले दियो भने खान पाउने नत्र भोकै बस्नुपर्ने र शारीरिक पीडा सहदै आएकी छिन् कुमारी । पीडा र वेदनाबाट घेरिएकी उनी भन्छिन् ‘सुत्यासुत्या रहनाले यस्तो लाग्छ यो घरले मलाई थिच्न आउ“छ । म मरेको कुकुर जस्तै गुटमुटिएर सुत्छु डरले ।’ मुटु नै छिया छिया गर्ने उनका यी शब्दले उनको दर्दनाक स्थितिलाई देर्शाउ“छ । भनिन्छ ‘सास रहुन्जेलसम्म आश रहन्छ’ त्यसैले होला विमार भएको दुई वर्ष बितिसक्दा पनि औषधि उपचार नपाएकी कुमारीले आपूmलाई कसैले सहयोग गरिदिन्छ कि भन्ने आश छोडेकी छैनन् । त्यसै आशको भरमा उनी बाँ“िचरहेकी छिन् । जो भगवान खोज्न मन्दिर जान्छन् र केही पैसा गुमाएर फर्किन्छन् । साँच्चै कुनै त्यस्ता हातहरु छन् भने कुमारीको जीवनले सार्थकता पाउनेथियो । यतिबेला महाकविको याद आइरहेछ– कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो ........................
Friday, June 11, 2010
सुदूरपश्चिमेली महिलाको छाउपडी समस्या
सुदूरपश्चिमका अधिकांश ग्रामीण बस्तीहरुमा रजस्वला भएको बेला महिलाहरुले गर्नुपर्ने चलन छाउपडी प्रथा यहाँका सबै ग्रामीण बस्तीका महिलाहरुका लागि कष्टमय बन्दै गएको छ ।
परम्परागत रुपमा चलेको यो प्रथा सुदूरपश्चिमका सबै महिलाहरुका लागि श्राप सिद्ध भएको छ । रजस्वला भएका महिला वा केटीहरुले देउताथान, मन्दिरको बाटो र घरभित्र प्रवेशलगायत कसैलाई पनि छुन नहुनु यहाँको प्रथा रही आएको छ ।
महिनावारी भएको अवस्थामा कसैलाई छोएमा देउता रिसाउने, घरमा सर्प आउने र बोटबिरुवा मरेर जाने जस्ता अन्धविश्वासका कुराहरु कायमै छन् । महिनावारी कै अवस्थामा कुकुरलाई छोयो भने अर्को जुनीमा कुकुर भएर जन्मिनै विश्वास यहाँका बुढापाकाहरुको रहेको छ ।
महिनावारी भएको समयमा गाईवस्तुको गोठमा सुत्नुपर्ने यहाँका महिलाहरुको बाध्यता । कतै–कतै त महिनावारीको समयका लागि छुट्टै सानो कोठा जस्तो बनाइएको हुन्छ जो घरबाट अलग्गै केहि पर टाढा हुन्छ जसलाई ‘छाउपडी’ भनिन्छ । रजस्वला भएको बेला महिलाले त्यसमा सुत्नु पर्दछ र कतिपय ठाउँमा त छाउपडी साझा हुन्छ अर्थात् कुनै टोलमा एउटा कोठा हुन्छ रजस्वला भएका टोलभरिका महिलाहरु त्यसै कोठामा बस्नेगर्छन । रजस्वला भएको अवस्थामा घरभित्र सुत्न पाउने अवस्था फ्याट्फुट्ट मात्रै देखिन्छ ।
महिनावारीको समयमा गाईवस्तुको गोठमा वा छाउपडीमा एक्लै सुत्नुपर्ने अवस्थामा विभिन्न दुर्घटना गरेका छन् । साझा छाउपडीमा त कुनै समस्या नै भएन किनकि कि त्यहाँ महिलाहरुको समूह नै हुन्छ तर एक्लै छाउपडीमा सुत्दाखेरी आफन्त वा गाउँघरका अन्य व्यक्तिहरुबाट बलात्कार वा दुव्र्यवहारबाट महिलाहरु पीडित हुने गर्छन् र यस्तो बेलामा कतिपय महिलालाई पेट दुख्ने वा अन्य शारीरिक समस्या देखापर्दछन् तर राती एक्लै सुत्नु पर्ने हुनाले महिलाहरु राती केहि भईहाल्यो भने आफ्नो समस्या कसैलाई भन्न पनि सक्दैनन । यस्तो स्थितिमा महिलाहरुलाई सहेर बस्नु वा आफ्नो ज्यान गुमाउने बाहेक केही विकल्प नै हुँदैन । यस्तै गाईवस्तुको गोठमा बस्नुपर्दा त्यहाँ भएका कीराफट्याङ्गग्राहरुले सताउने, सर्पले टोक्ने जस्ता समस्या आफ्नै ठाउँमा छन् ।
हामी भन्छौ हामी २१ औं शताब्दीमा छौं, यो वैज्ञानिक युग हो, कम्प्युटरको युग हो त्यसो भए हाम्रो सुदूरपश्चिम कुन युगमा बाँचि रहेको छ त् ? के यी कुराहरु त्यहाँका मानिसहरुलाई थाहा छैन वा उनीहरुले बुझेर पनि बुझ पचाएका छन् । यदि उनीहरुलाई थाहा छ भने महिलाहरु प्रति यो अन्याय किन त् ? जुन समयमा उनीहरुलाई आफ्नो मान्छेको, घरपरिवारको सहयोगको आवश्यकता हुन्छ त्यति बेला नै उसलाई आफुबाट टाढा राखेर असहयोग गर्नु कहाँको न्याय हो ? एक चोटी सबैले यस विषयमा गम्भीरतापूर्वक विचार गर्नु नै पर्छ ।
विभिन्न गैर सरकारी संस्थाहरुका तहत चलेका विभिन्न चेतनामूलक तथा सन्देशमूलक कार्यक्रमद्वारा केही हदसम्म मानिसहरु जागरुक भए तापनि पूर्णरुपले चाहिँ यस प्रथाको अन्त भइसकेको छैन । सचेतना कार्यक्रमले विस्तारै–विस्तारै यो प्रथा हट्दै जान्छ भन्ने गैर सरकारी संस्थाहरुको विश्वास छ । महिला स्वास्थ्य र जीवनमा हानि पु¥याउने यस्ता प्रथाहरुको अन्तहुनु आजको आवश्यक आवश्यकता हो ।

Tuesday, June 8, 2010
बैतडी– एक नजरमा
नेपालको १४ अञ्चल र ७५ जिल्ला मध्ये महाकाली अञ्चलको बैतडी जिल्ला नेपालको पश्चिमी क्षेत्रको सबैभन्दा दूर छ त्यसै कारणले पनि होला सुदूर पश्चिम भनिने ।
बैतडी नामकरणको सन्दर्भमा किम्वदन्ती ः–
सबैभन्दा नजिक रहेको ग्वाल्लेक धुरा (पर्वत) लाई प्रारम्भिक कालमा वायुत्तडू पर्वत भनिन्थ्यो जसको शाब्दिक अर्थ हो “वायुं+तडू=वायुत्तड” अर्थात् वायु चल्ने ठाउँ हुन आउँछ । वायुत्तडबाट पछि वायुतड र बैतड हुँदै शब्द अपभ्रंश भई समयान्तरमा विस्तारै बैतडी नाम रहेको किम्वदन्ती छ तर केहि मानिसहरुका अनुसार ग्वाल्लेकलाई पहिला बायोतडा भनिन्थ्यो । यहाँ बायोतडाको अर्थ कालोबतास हो । ग्वाल्लेकमा कालोबतास धैरे चल्थ्यो । त्यसैले यस ठाउँलाई बायोतडा भनियो पछि बायोतडा शब्द बहुतडमा बदलियो, अब बैतडीको नामले प्रचलित छ ।
यसैगरी बैतडीका विषयमा तेसो्र किम्वदन्ती “बतासे डाडाँ “ अर्थात् “बै” (हावा) “तडी”
(ठाउँ) भनेर हाल सालैको रहेको छ ।
भौगोलिक स्थिति ः
यस जिल्लाको पूर्वमा डोटी र बझाङ्ग, पश्चिममा दार्चुला र भारतको उत्तराखण्ड राज्य, उत्तरमा दार्चुला र बझाङ्ग, तथा दक्षिणमा डडेलधुरा पर्दछ । यस जिल्लाको अक्षांस २९डिग्री २२इन्च देखि २९डिग्री ५२इन्च उत्तरी अक्षांस र देशान्तर ८० डिग्री १५इन्चदेखि ८१ डिग्री ०४ इन्च पूर्वी देशान्तर छ । यस जिल्लाको कुल क्षेत्रफल १४९०.२० वर्ग किलोमीटर रहेको छ । समुद्री सतहबाट यसको उँचाई ३९० मीटरदेखि २०५० मीटरसम्म छ । ३९० मीटरको उँचाईमा सर्माली गा.वि.स. रहेको छ भने २०५० मीटरमा कोटपटेरा गा.वि.स. रहेको छ । यहॉको जलवायु समशीतोष्ण छ । यहॉको उच्चतम तापमान २६ डिग्री सेन्टीग्रेड हुन्छ भने न्यूनतम तापमान ५ डिग्री सेन्टीग्रेड रहन्छ । यहॉको वर्षाको वार्षिक औसत १७० मिली हुन्छ । यस जिल्लाले नेपालको कुल १.०३% भाग ओगटेको छ । सेती चौलानी र महाकाली नदीको बीचमा पर्ने यस जिल्लामा कोणधारी वन पाइन्छन् । यो जिल्ला झण्डै त्रिभुजाकार देखिन्छ ।्
जनजीवन ः
राष्ट्रीय जनगणना २०५८ का अनुसार यहॉको कुल जनसंख्या २,३४,४१८ देखिन्छ जसमा १,१३,५३८ (४८.४%) पुरुष छन् भने १,२०,८८० (५१.६%)महिलाको संख्या रहेको छ । यहॉ पुरुष भन्दा महिलाको संख्या बढी पाइन्छ । यहॉको जनसंख्या घनत्व १५४ जना प्रतिवर्गकिलोमीटर भएतापनि जनसंख्या वृद्धि दर १.५५% छ ।
यस जिल्लामा रहेको खसहरुमा क्षेत्री ४८.१२%, बाह्मण २०.२०%, ठकुरी ८.२३%, कामी ६.१३%, लोहार ४.६२%, अन्य १२.७% रहेका छन् ।
सबैभन्दा बढी दलित, दलितमा लोहार खस रहेको यो जिल्ला हो । जिल्लाको जनसंख्याको ५१.६% भाग ओगटेका महिला तथा २२.५% दलित एवं जनजाति अधिकाधिक भाग अझैपनि पछौटेपनले ग्रस्त हुन एक समस्याका रुपमा रहेको छ । पितृसत्तात्मक समाज तथा रुढिवादी मान्यता कै कारण महिलाहरु अझैपनि छाउपडी एवं देउकी प्रथा जस्ता अन्धविश्वास र कुपरम्पराबाट अपमानित र अपहेलित छन् ।
जगन्नाथ बाबा, त्रिपुरा सुन्दरी एवं निङ्गलासैनी भगवतीको न्यानो वात्सल्यमा २०५८ को जनगणना अनुसार करिब ९९.८%जनता हिन्दू धर्मावलम्बी छन् । यस जिल्लामा राष्ट्रभाषा नेपालीको प्रयोगको साथै स्थानीय भाषा बैतडेलीको प्रयोग बढी गरिन्छ ।
धार्मिक स्थल
यस जिल्लामा त्रिपुरा सुन्दरी, जगन्नाथ, निङ्गलासैनी, मैलोली भगवती मंदिर, पाताल भुनेश्वर, ईश्वरी गंगा, ग्वाल्लेक केदार, रौला केदार, तल्ली सोराण, धौलाकाडा, देवलहाट, पाण्डव मंदिर आदि धार्मिक स्थल रहेका छन् । ।
मुख्य बजार ः
यस जिल्लाका मुख्य बजारहरु झुलाघाट, पाटन, देमाडु, मैलोली, पुलचुडी, सेरा, खोचलेक, खोडपे आदि रहेका छन् । यहॉका मानिस आना आवश्यकताका सामानहरु माथि उल्लेखित बजारहरुबांट किन्ने गर्दछन् । झुलाघाट यहाँको मुख्य बजार हो । नजिक–नजिक गाउँका सबै मानिसहरु आफ्नो उपभोग्य सामग्रीको लागि यस भारतीय बजारमा नै पुग्ने गरेका छन् ।
आर्थिक स्थिति ः
यस जिल्लाका ८६.८% मानिस कृषिमा संलग्न छन भने ८.४% व्यापारमा, ४.५% सरकारी सेवामा तथा ०.३% अन्य कार्यमा संलग्न छन ।
कृषी जन्य पर्दाथ, जडीबुटी, वन पदार्थ, पशुजन्य उत्पादन, सेतुसल्ला एवं केतुकी, ढुङ्गा, बालुवा जस्ता खानी पदार्थमा आधारित साना तथा मझौला उद्मोग लगायत मानव संसाधनको उपयोगमा आधारित अन्य सेवा मुलक उद्मोगहरुको प्रचुर सम्भावना हुदाँहुदै पनि यो जिल्लाको औद्मोगिक क्षेत्रमा पिछिडेको छ ।
कृषिको आधुनिकीकरण नहुन सकेको र रोजगारी अवसरहरु अन्य क्षेत्रमा न्यून भएको एवं व्यवसायिक शिक्षा पद्धतिको अभावले जिल्लाको ठूलो युवा शक्ति बेरोजगारी र अद्र्धबेरोजगारीको स्थितिमा रहेको छ भने एउटो हिस्सा वर्षको कुनै अवधि छिमेकी राष्ट्र भारतमा औद्मोगिक क्षेत्र एवं शहरी क्षेत्रमा न्यूनतम वेतनमा आंशिक रोजगारीमा संलग्न हुने गरेका छन् ।
स्वास्थ्य स्थिति ः
एक मात्र १५ सैयाको जिल्ला अस्पताल, ७० को संख्यामा प्राथमिक स्वास्थ्य केंद्र, स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी (११ स्वास्थ्य चौकी, ५५ उपस्वास्थ्य चौकी, १ प्राथमिक आँखा उपचार केन्द्र (पाटन)) एवं आयुर्वेदिक स्वास्थ्य केन्द्रमा नेपाल सरकारबाट स्वीकृत दरबन्दी अनुसार चिकित्सक र स्वास्थ्यकर्मी उपलब्ध हुन नसक्नु, स्वास्थ्य सम्बन्धी भौतिक उपकरण, औषधि एवं अन्य साधन श्रोतको कमी हुन यस क्षेत्रको समस्या हो । यहाँका २३% मानिसहरुले परिवार नियोजनका साधन प्रयोग गर्ने गर्छन । सुत्केरी सम्बन्धी तालिम प्राप्त केवल १.५% नर्स छन् । आधुनिक चिकित्सा पद्धति भन्दापनि परम्परागत धामी, झाक्रीमा विश्वास अझैपनि कायम छ । जिल्लामा राम्रो स्वास्थ्य केंद्र नहुनुका कारण भारतका पिथौरागढका जिल्ला अस्पताल तथा अन्य अस्पतालमा जाने गर्छन । कुपोषित बालबालिकाको संख्या २४% छ । उचित समयमा उपचार सुविधा नपाउनुका कारण वर्षेनी कइयोको संख्यामा मानिसले ज्यान गुमाएका थिए र गुमाइ राखेका छन् ।
यातायात तथा सञ्चार ः
यस जिल्लामा कुल १७०को संख्यामा सडक रहेका छन् । १३५ किलोमीटरको दूरीमा रहेको डडेलधुरा देखि बैतडीको सडकलाई “दशरथ चंद मार्ग” भनिन्छ ।
वर्तमान परिपेक्षमा नियालेर हेर्दा
अप्ठेरोमा छन् बैतडीका जनता ।
चौतर्फी ध्यान जावस सबैजानको
तब मात्र विकास हुन्छ जिल्लाको ।।
यस जिल्लाको दक्षिण भेगको तल्लो स्वराड क्षेत्र अन्तगर्तका दुर्गम गा.वि.स.हरुबाट निकट सतहसम्म आउन करिब डेढ दुई दिन हिड्नु पर्ने ग्रामीण जनताहरुको बाध्यता नै हो । यहाँको दुर्गम भेगमा दैनिक उपभोग्य तथा अन्य अत्यावश्यक सामानहरुके ढुवानीका लागि घोडा, खच्चरको प्रतिकिलो रु.७ का दरले प्रयोग गरिन्छ ।
भारत–नेपालको सिमानामा अवस्थित झुलाघाट गाउँको दूरी बैतडी सदरमुकामबांट २६ कि.मी. रहेको छ । बैतडी सदरमुकामदेखि झुलाघाट पुग्नको लागि पक्की सडकको व्यवस्था न भए पनि कच्ची सडकले नै यहाँको मानिसले काम चलाएका छन् ।
यस जिल्लाका पाटनमा हवाई अड्डा रहेको छ ।
एक्काईसौ शताब्दीको सूचना एवं प्रविधिका साधन बाट धैरे टाढा न भए तापनि टाढा नै छ । यहाँ रेडियो ५२%, टेलीभिजन ६% र टेलीफोन सुविधा पाउने परिवार कमै छन् । इन्टरनेट, हुलाक सेवा प्रणालीको आधुनिकीकरण सेवालाई नियमित पहुँचमा आधार बनाउन प्राविधिक सेवा सुधारको आवश्यकता छ ।
खानेपानी आपूर्ति ः
एक्काईसौ शताब्दीमा आइपुग्दापनि यस ठाउँमा खानेपानीका निम्ति दुःख विद्ममान नै छ । कतिपय ठाउँमा दुइ–तिन घण्टा टाढाबांट खानेपानी बोकेर खानुपर्ने अवस्था छ । यहाँ केवल ४९% जनजीवनकालागि शुद्ध खानेपानीको व्यवस्था छ ।
शैक्षिक स्थिति ः
यस जिल्लामा कुल विद्मालय संख्या ३७५ रहेको छ जस मध्ये एउटा क्याम्पस र ७ उच्च माध्यमिक विद्मालय रहेका छन् । यहाँको कुल साक्षरता मध्ये पुरुष ७३ % छ भने महिला साक्षरता केवल ३१% रहेको छ ।
राम्रो शिक्षक र शिक्षाको अभावका कारण यहाँको धेरैजसो विद्यार्थीहरु छिमेकी मुलुक भारतमा गएर निम्न र उच्च स्तरीय शिक्षा लिने गरेका छन् । कतिपय विद्यार्थीले प्राथमिक स्त्तरमा नेपाली र उच्च स्त्तरमा गएर हिन्दीमा शिक्षा लिँदा भाषाको साथसाथै पढाईमा पनि धेरै समस्याको सामना गर्नु पर्दछ । जसकारणले गर्दा उनीहरु चाहेको जस्तो अंक तथा श्रेणी ल्याउनुमा असमर्थ हुन्छन् र उनीहरुले जति र जुन, अंक र श्रेणी, पाए वा ल्याए त्यसैमा सन्तोष गर्नु उनीहरुको बाध्यता हुन्छ ।
विशेष पहिचान ः
१०४ वर्षको जहाँनिया राणाशासनको विरुद्ध राजनैतिक स्वतन्त्रताका लागि आहुति दिने मुलुकका चार अमर शहीदहरु मध्येका एक वीर शहीद दशरथ चंदको पुण्य जन्म भूमिकोरुपमा यो जिल्ला परिचित छ । सुदूरपश्चिमको बैतडीको वस्कोटमा वि.सं. १९६० असार १७ गतेमा शेर बहादुर चंद तथा पार्वती चंदको कांछा छोराका रुपमा जन्मनु भएको थियो । भारतीय स्वतन्त्रता संग्राममा समेत सक्रिय रही जेल समेत गएर नेपाल फर्किनु भएका स्वाभिमानी देशभक्तले नेपालमा राणाशाही विरुद्ध क्रान्ति गरी देश र जनतालाई निरंकुशताको बेडीबांट मुक्त गर्ने उद्देश्यले “नेपाल प्रजा परिषद”को स्थापना गरेको थियो । राणा शासकहरुको सिंहासन डगमगाउने प्रमुख शक्तिका रुपमा केवल दशरथ चंद नै हुन । राणाशाहीद्वारा लोभ, लालच, डर, धम्की हरेक प्रयत्न खेर गए पछि क्रान्तिको ज्वाला निमाउने उद्देश्यले अन्ततः राणाशाहीले उहाँलाई मृत्युदण्ड दिए । क्रान्ति दमन हुनुका सट्टा विस्फोट भयो, जसका फलस्वरुप दशरथ चंदले अमरत्व प्राप्त गरे, राणाशाहीहरुको छिट्टै अन्त भयो । २००७ सालमा राणाशासनको अंत भई प्रजातान्त्रिक शासन व्यवस्थाको उदय भयो ।
नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको दुर्गमपहाडी भेगमा पर्ने बैतडी जिल्ला नेपालको राजनीतिक आंदोलनका चार अग्रज शहीद मध्ये एक वीरसपूत दशरथ चंदको पुण्यभूमिका रुपमा परिचित र देशको जिम्मेवार पद सम्भाल्ने प्रधानमन्त्री (लोकेन्द्रबहादुर चंद) लाई जन्माउने यो बैतडीले आफ्नो सन्तानबाट देशको साथसाथै आफ्नो क्षेत्र विकासको आशा राखे पनि सन्तानले चाहिँ निराश बनायो अर्थात् बैतडी पुत्र लोकेन्द्रबहादुर चंदले यस्तो केहि पनि गरेनन् जस्ले बैतडी विकास तिर लम्कियोस् ।
सुदूर भन्दैमा विकासको सम्भावना नै नभएको होइन । सुदूरको यस जिल्लामा विकासको प्रसस्त सम्भावना छन् मात्र तिनीहरुको पहिचान गर्न सक्ने शक्तिको खाँचो छ । जसरी हिराको पहिचान जौहरीले मात्र गर्न सक्छ त्यस्तै यस अविकसित जिल्लामा रहेका सम्भावनाको पहिचान गर्ने जौहरीको आवश्यकता यस सुदूरलाई पनि छ ।

नारीको नारकीय स्थिति
नारी प्रकृतिको त्यो सुन्दर सृष्टि हो जसले सम्पूर्ण कोमलता, दयालुपन र सहृदयलाई अँगालेको हुन्छ । नारी शब्द भित्र एउटा ममतामयी छवि अँकित हुन्छ जो शीतल र स्नेही हुन्छ । वास्तवमा नारी जगतकी जननी पनि हो । उ कतै आमा, कतै दिदी–बहिनी, कतै सहधर्मिणी त कतै छोरी हुन्छिन् । उसले हरेक रुपबाट पुरुष र समाजमा सेवा दिइ जन–जीवन धानी रहेकी छ तर विडम्बना उ भित्र यो कोमलता नै उसको निम्ति कमजोरी र अभिशाप बनेको छ । पुरुषहरुको आधिपत्य भएको हाम्रो जस्तो पुरुष प्रधान समाजमा नारीलाई आजसम्म पनि अबलाका रुपमा हेरिन्छ । उसको बेग्लै पहिचान तथा अस्तित्वबोधको प्रयासलाई “पोथि बासेको राम्रो हुदैन” जस्ता कुराले नकार्ने गरिन्छ । सम्भवतः यो पुरुष मन भित्रको एउटा अहम र दम्भ हो । जसले आफ्नै अस्तित्वलाई मात्र सर्वेसर्वा बनाउन खोजेको हुन्छ । नारीलाई समान हक–अधिकारका अवसरमा जसरी भएपनि आफूलाई माथि राख्न चाहन्छन । यदि कता–कता पुरुषलाई आफ्नो सत्ता छिनिने भान हुन्छ त उ धर्म–कर्म, परम्परागत चलन, रीति–रिवाज र रुढिवादिताको आडमा आफ्नो सत्ता बचाउन खोज्छ ।
नारीप्रतिको अन्याय र नारीको पीडा यस युगको मात्र होइन युगौ देखि चल्दै आएको छ । समाजले नारीलाई शारीरिक र मानसिक दुवैतिर बाट शोषण, दमन गर्न अझै पनि छाडेको छैन । त्यसो त नारी पुरुषलाई जन्म दिन्छ तर तिनै पुरुषहरुबाट अपहेलित, बलात्कृत भएर ठाउँ–ठाउँमा बेचिए र नरकीय यातना भोग्न बाध्य हुँदै आएकी छिन् ।
प्राचीनकालदेखि नै नारीलाई एउटा भोग्य वस्तु मानिदै आएको छ । उसको भावना, प्रतिभा, सुन्दर मन र कोमल हृदयलाई बुझ्ने प्रयास कसैले गर्दैनन् । नारीप्रति भई राखेको यस्तो व्यवहारले नारीलाई खोक्रो बनाई सकेको छ । सूर्योदयदेखि सूर्यास्तसम्मको काम नारीले यन्त्रवत् तरिकाले गर्छिन तर पनि उनको कार्यको कुनै मूल्याँकन गरिदैन ।
आजका आधुनिक जगतमामा नारी समानता र स्वतन्त्रताका कुरा धेरै हुन्छन तर ति कुराहरु बोली र कलम मै मात्र सीमित छन् । अहिले सभ्य भनाउँदो समाजमा अझै पनि नारीत्वलाई छिया–छिया गर्ने कलुषित भावनाहरु विद्यमान छन् । भन्न त “नारी र पुरुष रथका दुई पाँग्रा हुन” भनिन्छ तर के यो कुरा वास्तविक जीवनमा कति प्रयोग भइ राखेको छ ? समानताको कुरा गर्दा नारीले प्रगति गरेर लोकप्रिय भएमा पुरुष आफुलाई अपमानित भएको महसुस गर्दछ ।
कार्यालय, बजार, गाडी, बसका भीड वा कुनै पनि सार्वजनिक ठाउँमा नारीलाई अनेकौं भद्दा इसारा, शब्दहरु र लालची निगाहहरुको सामना गर्नुपर्दछ । नारीप्रति यस्तो व्यवहार, यो कुरा पुरुषहरुले कि ? उनको घरमा आमा, दिदी–बहिनी, श्रीमती अरु कुनै नाताका नारीहरु छन् । दाइजोका लागि निर्ममतापूर्वक गरिने हत्या कुनै नौलो घटना होइन । हाम्रो समाजमा बोक्सी, बाँझी भनेर अत्याचार पनि कम्ति हुदैन । विभिन्न बहानामा पटक–पटक पीडा दिइन्छ । बाँटोका छेऊमा माँग्न बसेकी बेसहारालाई सहारा दिनु त कता हो कता गरीबीको कारणले लुगा लगाउन नसकेर भएको अद्र्धनग्न शरीरलाई कुदृष्टिले हेर्छन । बाँटोको छेऊ त छेऊ यहाँ मानसिक सन्तुलन गुमाएर आफ्नो शरीरको वास्ता गर्न नसक्ने स्थितिमा पुगेकी महिला समेतलाई राक्षसी आँखाले हेर्न छोड्दैन ।
आफ्नै महिला, दिदी–बहिनीहरुलाई विदेश लगेर बेच्नुमा कसको हात छ ? उनीहरुलाई प्राणघातक रोग सराउनमा कसको हात छ ? महिलालाई क्षण–क्षण मृत्युको मुखमा पु¥याउन बाध्य बनाउनमा कसको हात छ ? यस्ता प्रश्नहरुको उत्तरमा हाम्रो पितृसत्तात्मक समाजले पयाप्त ध्यान दिने सकेको छैन । नारीको कारुणिक अवस्थथा र मृत्युको लागि पर्खिनुपर्ने असहाय स्थितिको लागि पितृसत्तात्मक समाजका पुरुष र केही हदसम्म नारी स्वयं आफु तर प्रकृति प्रदत्तको गुणको कारणले जिम्मेवार छन् । केही प्रकृति प्रदत्त शारीरिक अवस्थाको कारण नारीहरुमाथि विभेदजन्य व्यवहारहरु हुनु आजको युगमा कति सुहाउँछ ? जबसम्म नारीहरुमाथि विभेद भैरहन्छ, तबसम्म समाजको आधा भाग अपाङ्ग जस्तै हुन्छ । अनि आधा जनसंख्या नै अर्कमण्य रहेको समाज र राष्ट्रले कहिले उन्नति गर्न सक्छ ? त्यसैले नारीहरु माथि हुने सबै प्रकारका अन्याय, अत्याचार र शोषणका विरुद्धमा समाजका सबै सचेत पुरुषनारी मिलेर यस्तो विभेद विरुद्ध संघर्ष गरौं ।
संगीता
Monday, June 7, 2010
सुन्दर बैतडी...
उत्तर तर्फ अपी हिमालय
सदा चाँही सरी दम्किने
पश्चिममा महाकाली
पावन ती मध्यशत झै देखिने
सन्याय,चोलानी आदि नदीले
शोभीत निरन्तर रही
देखिन्छन नयाँ नयाँ अविराम
प्रकृति सुन्दर सदा बैतडी...
सदा चाँही सरी दम्किने
पश्चिममा महाकाली
पावन ती मध्यशत झै देखिने
सन्याय,चोलानी आदि नदीले
शोभीत निरन्तर रही
देखिन्छन नयाँ नयाँ अविराम
प्रकृति सुन्दर सदा बैतडी...
Subscribe to:
Posts (Atom)